दफा ६
आयोगको बैठक
६. आयोगको बैठकः
(१) आयोगको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) अध्यक्षको निर्देशनमा सदस्य–सचिवले आयोगको वैठक बोलाउनेछ ।
(३) आयोगको बैठकको अध्यक्षता आयोगको अध्यक्षले गर्नेछ ।
(४) आयोगमा तत्काल कायम रहेका कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) आयोगको बैठकमा बहुमतको निर्णय आयोगको निर्णय मानिनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(६) आयोगको बैठकको निर्णय आयोगका सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(७) आयोगको वैठकमा सम्बन्धित पदाधिकारी तथा विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्र्न सकिनेछ ।
(८) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।